Monday, July 12, 2010

गजल

कसैलाई हानी नहोस भन्थें

मेरै मनोमानी नहोस भन्थें ।

दुखेको छ मन बल्झेर घाऊ

पिडाको राजधानी नहोस भन्थें ।

मान्छे हूँ तर म बाट कुनै भूल

जानी या नजानी नहोस भन्थें ।

गजल लेख्दा लेख्दै बुढो भएछु

दुई दिनको जवानी नहोस भन्थें ।

उसैलाई मुटु सुम्पेछस श्रवण

यति धेरै दानी नहोस भन्थें ।

No comments:

Post a Comment