Monday, July 12, 2010

गजल

कसैलाई हानी नहोस भन्थें

मेरै मनोमानी नहोस भन्थें ।

दुखेको छ मन बल्झेर घाऊ

पिडाको राजधानी नहोस भन्थें ।

मान्छे हूँ तर म बाट कुनै भूल

जानी या नजानी नहोस भन्थें ।

गजल लेख्दा लेख्दै बुढो भएछु

दुई दिनको जवानी नहोस भन्थें ।

उसैलाई मुटु सुम्पेछस श्रवण

यति धेरै दानी नहोस भन्थें ।

गजल

मौसम यो बदलाव हुन पनी के बेर

छिनमा नै वर्षात हुन पनी के बेर ।

कुरा गर्छन उसलाई नै ल्याउने

हामीलाई घात हुन पनी के बेर ।

बुद्ध पनी मौन बसे भने पछि

फेरी रक्तपात हुन पनी के बेर ।

म पनी त एउटा मान्छे न हूँ

मनमा कुभाव हुन पनी के बेर ।

दिल बाट जसरी फालेकीथ्यौ उ

श्रवणको अभाव हुन पनी के बेर ।

Friday, May 28, 2010

गजल
मेरा रचना सलाम बिहानीलाई
नयाँ पुराना सलाम बिहानीलाई ।

पीर र व्यथाहरू सर्बहाराका
दुखका खजाना सलाम बिहानीलाई ।

वामपंथी एकता भाको युग र
स्वर्णिम जमाना सलाम बिहानीलाई ।

उचाली पुर्याउने अनन्त सम्म
छ मेरो चाहना सलाम बिहानीलाई ।

सांस्कृतिक रूपान्तरण गरी रहोस
शुभ कामना सलाम बिहानीलाई ।

Wednesday, April 7, 2010

गजल
वंध यो परिवंध नभएको भए
माटो संग सम्बन्ध नभएको भए ।
विश्वमा हाम्रो नाम कहाँ हुन्थ्यो ?
शान्ति प्रिय बुद्ध नभएको भए ।
बिरताको कुरा, कुरा मात्र हुन्थ्यो
अमरसिंह ज्वलन्त नभएको भए ।
मानव धर्म कसले, जोगाई राख्थ्यो
श्रवण जस्तो सन्त नभएको भए ।

Sunday, January 17, 2010

गजल

रंगी बिरंगी सरकार ढल्ला या नढल्ला

खै यो नौटंकी सरकार ढल्ला या नढल्ला ?

बिदेशीले जस्तो चाह्यो उस्तै नचाकाछन

कठ पुतली सरकार ढल्ला या नढल्ला ?

आन्दोलन को आंधी सृजना गर्यों भने

कनी-कनी सरकार ढल्ला या नढल्ला ?

छिमेकीले सुस्ता र कालापानी बीसट्याउछ

सोहोर्ने भंगी सरकार ढल्ला या नढल्ला ?

Saturday, January 2, 2010

गजल

गर्दैछ कला रूपान्तरण सलाम बिहानीले
सहनु पर्छ कति जलन सलाम बिहानीले ।

कसैको डर, धम्की मान्दैन अघि बढ्छ
रोक्ने छैन पक्कै कलम सलाम बिहानीले ।

सामंतीको गाली र आलोचना कति सह्यो
बनाउदैन कालो बदन सलाम बिहानीले ।

सर्बहाराका पीर, व्यथा हरु बोकी हिड्छ
सुनिदिन्छ सबका क्रन्दन सलाम बिहानीले ।