Monday, June 25, 2012

 
तिमी सँग भेट्ने रहर भयो पुरानो
मनका इच्छा मेट्ने रहर भयो पुरानो ।
 
सँगै बसी भावनाका कुरा गर्न नपाएनी
छाती आफ्नै रेट्ने रहर भयो पुरानो ।
 
साँझपख अधेरोमा एक्लै टोलाउदै
जून सँग खेल्ने रहर भयो पुरानो ।
 
जीन्दगीका सबै खुशी तिमीसँग सुम्पिएर
पिडा आँफै झेल्ने रहर भयो पुरानो ।
 
अझै सम्म गजल त कती लेख्छस श्रवन
मेरो भने लेख्ने रहर भयो पुरानो ।

Thursday, March 1, 2012

गजल
थाह छैन मलाई वफादार कसले वनायो
अत्याचार सहने इमान्दार कसले वनायो ।

बन्दुक तेर्स्यौछन निधारमा सधै सधैं
जे पनी मान्ने आज्ञाकार कसले वनायो ।

दोधारमा बित्नेछ यो मेरो जीवन
न वार न पार मझधार कसले वनायो ।

फुर्सदमा बनौनुथ्यो मानवको चोला
खै यो हतार हतार कसले वनायो ।

दक्षिणपंथी पो भयो रे यो श्रवण
हल्ला यो निराधार कसले वनायो ।

Tuesday, November 22, 2011

गजल
कहिले अभाव हुन्छ दिलमा
कहिले तनाव हुन्छ दिलमा ।
कहिले अहिले छोदिदिउ त
कहिले लगाव हुन्छ दिलमा ।
कहिले राम्रो बिचार आउछ
कहिले कुभाव हुन्छ दिलमा ।
कहिले रिस , बैमनस्य हुन्छ
कहिले सुझाव हुन्छ दिलमा ।
आखिर दिल , दिल न हो
मायाको प्रभाव हुन्छ दिलमा ।

Saturday, August 20, 2011

जिउने कला सिकाउने को होला ?
फाटेको मन सीलाउने को होला ?

संसारमा असंभव छैन रे केहि
किनारा दुई मिलाउने को होला ?

पुरानो लक्ष मेरो उसैलाई भेटने
धरतीमा जून लिआउने को होला ?

श्रवण को मुटु पत्थरको छ रे
आँखा मा उ बिझाउने को होला ?

Sunday, March 6, 2011

गजल
आओ सर्बहारा जीबन जिउन सिकाउछु
लगाउदै नारा जीबन जिउन सिकाउछु ।

अति भो सामन्तिको भर पर्नु हुन्न अब
बिना कुनै सहारा जीबन जिउन सिकाउछु ।

राष्ट्रभक्ति राखी, शिर र यही छातीमा
सजाई फेवा, रारा जीबन जिउन सिकाउछु ।

जनबादी संबिधान र देश निर्मानको
सुम्पी अभिभारा जीबन जिउन सिकाउछु ।

Sunday, February 20, 2011

गजल
यूगले बोल्छ म के बोलूं र
खास कुरा खोल्छ म के खोलूं र ।
जन युद्द जन्म दिनुको गर्व
जलजला बोक्छ म के बोकुं र ।
हत्या र हिंशा बढ़ी रहेछ
बुद्ध ले रोक्छ म के रोकूँ र ।
सुखमा धेरै मात्ने हरुहो
समयले पोल्छ म के पोलुं र ।

Monday, July 12, 2010

गजल

कसैलाई हानी नहोस भन्थें

मेरै मनोमानी नहोस भन्थें ।

दुखेको छ मन बल्झेर घाऊ

पिडाको राजधानी नहोस भन्थें ।

मान्छे हूँ तर म बाट कुनै भूल

जानी या नजानी नहोस भन्थें ।

गजल लेख्दा लेख्दै बुढो भएछु

दुई दिनको जवानी नहोस भन्थें ।

उसैलाई मुटु सुम्पेछस श्रवण

यति धेरै दानी नहोस भन्थें ।