Friday, October 23, 2009

गजल

सागरमा ढुंगा नहान्नु पर्थ्यो

मलाई बुंगा नठान्नु पर्थ्यो ।

राष्ट्रको मुटु दुखेको बेला

फूलको थुंगा नमाग्नु पर्थ्यो ।

नेपाली बाजा अज्ञात भय

तिम्ले मुर्चुंगा नफाल्नु पर्थ्यो ।

सडक माझमा काला ती झन्डा

बिरोधमा तुल्का नटाग्नु पर्थ्यो ।

सरकार नै लुते भए को बेला

श्रवण ले जुम्रा नपाल्नु पर्थ्यो ।

Friday, October 9, 2009

गजल
तिमी रूप र रंगको धाक दिन्छेऊ
जवानी अनि अंगको धाक दिन्छेऊ ।

आज पनी तरकारी मा नून छैन यार
आखिर खै कुन ढंगको धाक दिन्छेऊ ।

त्यो उन्मुक्त आकाश मा उडुला झै
किन कुन्नी पंखको धाक दिन्छेऊ ।

बृन्दा हौ तर बिष्णु की भक्तिनी झै
सुदर्शन चक्र शंखको धाक दिन्छेऊ ।

श्रवण ले झै खुशी तिमीले कहाँ पाकी छौ र
खै के उल्लास र उमंग को धाक दिन्छेऊ ।

Monday, October 5, 2009

गजल

वाह! तिम्रो चहल, पहल यो शहरमा

म कमैया तिम्रो, महल यो शहरमा ।

गास, बास दिन्छौं भनी कहिलेसम्म पो

थापौला खै झुठको, पसल यो शहरमा ।

मेरो आस्थाको फूल, फुलाउनुछ मैले

शुभ, निर्मल एउटा, कमल यो शहरमा ।

दक्षिणपंथी हरु बिच कहाँ, बिक्थ्यो मेरो,

बिकेन बामपंथी गजल यो शहरमा ।

कलियूगमा खोजिहेर कहाँ पाईएला,

श्रवण जस्तो मान्छे, असल यो शहरमा ।