Saturday, November 7, 2009

गजल
घाम जस्तो जून खै कहाँ हुन्छ ?
पानी जस्तो खून खै कहाँ हुन्छ ?

वर्ग युद्दको बांसुरी फ़ुकिरहेछु म
यति मिठो धुन खै कहाँ हुन्छ ?

शरिर तोर्न मिल्ने सर्बहाराको
कपास हो या उन खै कहाँ हुन्छ ?

अधियाँ मै साहुको खेत बारी हाम्ले
जोत्नै पर्ने जरूर खै कहाँ हुन्छ ?

न्यायालय भित्रै न्यायाधीश लाई
फांशी दिने कानून खै कहाँ हुन्छ ?

मन्दिर, मूर्ति या तिम्रो त्यो मन
खोजी हेर श्रवण खै कहाँ हुन्छ ?

Friday, October 23, 2009

गजल

सागरमा ढुंगा नहान्नु पर्थ्यो

मलाई बुंगा नठान्नु पर्थ्यो ।

राष्ट्रको मुटु दुखेको बेला

फूलको थुंगा नमाग्नु पर्थ्यो ।

नेपाली बाजा अज्ञात भय

तिम्ले मुर्चुंगा नफाल्नु पर्थ्यो ।

सडक माझमा काला ती झन्डा

बिरोधमा तुल्का नटाग्नु पर्थ्यो ।

सरकार नै लुते भए को बेला

श्रवण ले जुम्रा नपाल्नु पर्थ्यो ।

Friday, October 9, 2009

गजल
तिमी रूप र रंगको धाक दिन्छेऊ
जवानी अनि अंगको धाक दिन्छेऊ ।

आज पनी तरकारी मा नून छैन यार
आखिर खै कुन ढंगको धाक दिन्छेऊ ।

त्यो उन्मुक्त आकाश मा उडुला झै
किन कुन्नी पंखको धाक दिन्छेऊ ।

बृन्दा हौ तर बिष्णु की भक्तिनी झै
सुदर्शन चक्र शंखको धाक दिन्छेऊ ।

श्रवण ले झै खुशी तिमीले कहाँ पाकी छौ र
खै के उल्लास र उमंग को धाक दिन्छेऊ ।

Monday, October 5, 2009

गजल

वाह! तिम्रो चहल, पहल यो शहरमा

म कमैया तिम्रो, महल यो शहरमा ।

गास, बास दिन्छौं भनी कहिलेसम्म पो

थापौला खै झुठको, पसल यो शहरमा ।

मेरो आस्थाको फूल, फुलाउनुछ मैले

शुभ, निर्मल एउटा, कमल यो शहरमा ।

दक्षिणपंथी हरु बिच कहाँ, बिक्थ्यो मेरो,

बिकेन बामपंथी गजल यो शहरमा ।

कलियूगमा खोजिहेर कहाँ पाईएला,

श्रवण जस्तो मान्छे, असल यो शहरमा ।

Thursday, September 24, 2009

गजल

दिन कसरी कटाउलान खै? सर्बहाराले

के गरी खर्च चलाउलान खै? सर्बहाराले।

कतिन्जेल चल्छ जीबन रित्तो छानो मुनि

कहिले घर बनाउलान खै? सर्बहाराले।

दुई छाक खाना हुन्न, विचराले कसोगरी

बालबच्चा हुर्काउलान खै? सर्बहाराले।

हेपिएर, चेपिएर कहिलेसम्म पो

जीबन आफ्नै जलाउलान खै? सर्बहाराले।

रमिते भई कहिले, तिनीले समन्तिलाई

श्रवण भनी नचाउलान खै? सर्बहाराले।

Monday, September 21, 2009

गजल

तोडेर दिल बेखबर हुनुभो

भत्काई मंजिल बेखबर हुनुभो।

तय भाको हाम्रो त्यो एकसाथ

छोडेर महफिल बेखबर हुनुभो।

जिन्दगीमेरो हजुरकै साभार

बनाई तपशील बेखबर हुनुभो।

सहज प्यारको परिभासालाई

तुल्याई जटिल बेखबर हुनुभो।

सितारा जडेकोत्यो घुम्टो भित्र

सजियर झिलमिल बेखबर हुनुभो।

साच्चै श्रवण तेरा ती नयन

पारेर टिल्पिल बेखबर हुनुभो।

मुक्तक

औंसीको त्यों रातमा मेरो जून तिमी आउनु पर्थ्यो

म नशा जस्तै मेरो खून तिमी आउनु पर्थ्यो

तिमी बिना यो श्रवण के बाच्न सक्थ्यो एक्लै

बचा उन भनी मलाई जरुर तिमी आउनु पर्थ्यो ।

मुक्तक

बिधवाका आँशु लाई नि दर्किने मन कहाँ थियो

शीसाका ति चुरालाइ नि चर्किने मन कहाँ थियो

एउटई थालमा खाना खाको आफ्नै भाईको बिरुद्दमा

निर्जीब ति गोलिलाई नि पड़कीने मन कहाँ थियो ।

गजल

भन कुन जिबनको कुरा गरु
या त स्वयं मरनको कुरा गरु ।

बिच बजारमा द्रौपदी लुटिदाको
या त सीता हरनको कुरा गरु ।

खायकई थालिमा थुक्ने हरुको
या त पशु चरणको कुरा गरु ।

हत्केलाले प्रकाश छेक्ने हरुको
या त सूर्य ग्रहनको कुरा गरु ।

कुरा गरु की म तिम्रो बारे
या त उनै श्रवण को कुरा गरु ।
गजल
म तारा तिमी जून भयकै हो राम्रो
म नशा तिमी खून भयकै हो राम्रो ।

रोम जल्दा इतिहासमा निरोले झै बजाउने
म बासुरी तिमी धुन भयकै हो राम्रो ।

एकतंत्रीय शासन बाट मुक्ति दिलाउने
म माओ तिमी गुण भयकै हो राम्रो ।

दुनियामा बाम्पन्थिको एकछत्र राज चल्दा
म मार्क्स तिमी लेनिन भयकै हो राम्रो ।

यो श्रवण बिक्री भई बजारमा लिलाम हुदा
म फलाम तिमी सुन भयकै हो राम्रो ।