Monday, July 12, 2010

गजल

कसैलाई हानी नहोस भन्थें

मेरै मनोमानी नहोस भन्थें ।

दुखेको छ मन बल्झेर घाऊ

पिडाको राजधानी नहोस भन्थें ।

मान्छे हूँ तर म बाट कुनै भूल

जानी या नजानी नहोस भन्थें ।

गजल लेख्दा लेख्दै बुढो भएछु

दुई दिनको जवानी नहोस भन्थें ।

उसैलाई मुटु सुम्पेछस श्रवण

यति धेरै दानी नहोस भन्थें ।

गजल

मौसम यो बदलाव हुन पनी के बेर

छिनमा नै वर्षात हुन पनी के बेर ।

कुरा गर्छन उसलाई नै ल्याउने

हामीलाई घात हुन पनी के बेर ।

बुद्ध पनी मौन बसे भने पछि

फेरी रक्तपात हुन पनी के बेर ।

म पनी त एउटा मान्छे न हूँ

मनमा कुभाव हुन पनी के बेर ।

दिल बाट जसरी फालेकीथ्यौ उ

श्रवणको अभाव हुन पनी के बेर ।