Monday, June 25, 2012

 
तिमी सँग भेट्ने रहर भयो पुरानो
मनका इच्छा मेट्ने रहर भयो पुरानो ।
 
सँगै बसी भावनाका कुरा गर्न नपाएनी
छाती आफ्नै रेट्ने रहर भयो पुरानो ।
 
साँझपख अधेरोमा एक्लै टोलाउदै
जून सँग खेल्ने रहर भयो पुरानो ।
 
जीन्दगीका सबै खुशी तिमीसँग सुम्पिएर
पिडा आँफै झेल्ने रहर भयो पुरानो ।
 
अझै सम्म गजल त कती लेख्छस श्रवन
मेरो भने लेख्ने रहर भयो पुरानो ।

Thursday, March 1, 2012

गजल
थाह छैन मलाई वफादार कसले वनायो
अत्याचार सहने इमान्दार कसले वनायो ।

बन्दुक तेर्स्यौछन निधारमा सधै सधैं
जे पनी मान्ने आज्ञाकार कसले वनायो ।

दोधारमा बित्नेछ यो मेरो जीवन
न वार न पार मझधार कसले वनायो ।

फुर्सदमा बनौनुथ्यो मानवको चोला
खै यो हतार हतार कसले वनायो ।

दक्षिणपंथी पो भयो रे यो श्रवण
हल्ला यो निराधार कसले वनायो ।