Thursday, September 24, 2009

गजल

दिन कसरी कटाउलान खै? सर्बहाराले

के गरी खर्च चलाउलान खै? सर्बहाराले।

कतिन्जेल चल्छ जीबन रित्तो छानो मुनि

कहिले घर बनाउलान खै? सर्बहाराले।

दुई छाक खाना हुन्न, विचराले कसोगरी

बालबच्चा हुर्काउलान खै? सर्बहाराले।

हेपिएर, चेपिएर कहिलेसम्म पो

जीबन आफ्नै जलाउलान खै? सर्बहाराले।

रमिते भई कहिले, तिनीले समन्तिलाई

श्रवण भनी नचाउलान खै? सर्बहाराले।

1 comment:

  1. साहित्यमा श्रवणको पकड देखेर मलाई निकै खुशी लाग्छ, यस्तो राम्रो गजल जन्मिएकोमा झन् धेरै खुशी लाग्छ तर श्रवणले विचार देखी परका गजलमा बढी समय खर्चिएकोमा भने दु:ख लाग्छ । तर आउदा दिनमा 'सर्बहाराले' जस्ता गजलले बढी ठाउ पाउनेछ भन्ने शुभकामना !

    ReplyDelete