अति भो सामन्तिको भर पर्नु हुन्न अब बिना कुनै सहारा जीबन जिउन सिकाउछु ।
राष्ट्रभक्ति राखी, शिर र यही छातीमा सजाई फेवा, रारा जीबन जिउन सिकाउछु ।
जनबादी संबिधान र देश निर्मानको सुम्पी अभिभारा जीबन जिउन सिकाउछु ।
Sunday, February 20, 2011
गजल यूगले बोल्छ म के बोलूं र खास कुरा खोल्छ म के खोलूं र । जन युद्द जन्म दिनुको गर्व जलजला बोक्छ म के बोकुं र । हत्या र हिंशा बढ़ी रहेछ बुद्ध ले रोक्छ म के रोकूँ र । सुखमा धेरै मात्ने हरुहो समयले पोल्छ म के पोलुं र ।
Monday, July 12, 2010
गजल
कसैलाई हानी नहोस भन्थें
मेरै मनोमानी नहोस भन्थें ।
दुखेको छ मन बल्झेर घाऊ
पिडाको राजधानी नहोस भन्थें ।
मान्छे हूँ तर म बाट कुनै भूल
जानी या नजानी नहोस भन्थें ।
गजल लेख्दा लेख्दै बुढो भएछु
दुई दिनको जवानी नहोस भन्थें ।
उसैलाई मुटु सुम्पेछस श्रवण
यति धेरै दानी नहोस भन्थें ।
गजल
मौसम यो बदलाव हुन पनी के बेर
छिनमा नै वर्षात हुन पनी के बेर ।
कुरा गर्छन उसलाई नै ल्याउने
हामीलाई घात हुन पनी के बेर ।
बुद्ध पनी मौन बसे भने पछि
फेरी रक्तपात हुन पनी के बेर ।
म पनी त एउटा मान्छे न हूँ
मनमा कुभाव हुन पनी के बेर ।
दिल बाट जसरी फालेकीथ्यौ उ
श्रवणको अभाव हुन पनी के बेर ।
Friday, May 28, 2010
गजल मेरा रचना सलाम बिहानीलाई नयाँ पुराना सलाम बिहानीलाई ।
पीर र व्यथाहरू सर्बहाराका दुखका खजाना सलाम बिहानीलाई ।
वामपंथी एकता भाको युग र स्वर्णिम जमाना सलाम बिहानीलाई ।
उचाली पुर्याउने अनन्त सम्म छ मेरो चाहना सलाम बिहानीलाई ।
सांस्कृतिक रूपान्तरण गरी रहोस शुभ कामना सलाम बिहानीलाई ।
Wednesday, April 7, 2010
गजल वंध यो परिवंध नभएको भए माटो संग सम्बन्ध नभएको भए । विश्वमा हाम्रो नाम कहाँ हुन्थ्यो ? शान्ति प्रिय बुद्ध नभएको भए । बिरताको कुरा, कुरा मात्र हुन्थ्यो अमरसिंह ज्वलन्त नभएको भए । मानव धर्म कसले, जोगाई राख्थ्यो श्रवण जस्तो सन्त नभएको भए ।