Wednesday, April 7, 2010

गजल
वंध यो परिवंध नभएको भए
माटो संग सम्बन्ध नभएको भए ।
विश्वमा हाम्रो नाम कहाँ हुन्थ्यो ?
शान्ति प्रिय बुद्ध नभएको भए ।
बिरताको कुरा, कुरा मात्र हुन्थ्यो
अमरसिंह ज्वलन्त नभएको भए ।
मानव धर्म कसले, जोगाई राख्थ्यो
श्रवण जस्तो सन्त नभएको भए ।

Sunday, January 17, 2010

गजल

रंगी बिरंगी सरकार ढल्ला या नढल्ला

खै यो नौटंकी सरकार ढल्ला या नढल्ला ?

बिदेशीले जस्तो चाह्यो उस्तै नचाकाछन

कठ पुतली सरकार ढल्ला या नढल्ला ?

आन्दोलन को आंधी सृजना गर्यों भने

कनी-कनी सरकार ढल्ला या नढल्ला ?

छिमेकीले सुस्ता र कालापानी बीसट्याउछ

सोहोर्ने भंगी सरकार ढल्ला या नढल्ला ?

Saturday, January 2, 2010

गजल

गर्दैछ कला रूपान्तरण सलाम बिहानीले
सहनु पर्छ कति जलन सलाम बिहानीले ।

कसैको डर, धम्की मान्दैन अघि बढ्छ
रोक्ने छैन पक्कै कलम सलाम बिहानीले ।

सामंतीको गाली र आलोचना कति सह्यो
बनाउदैन कालो बदन सलाम बिहानीले ।

सर्बहाराका पीर, व्यथा हरु बोकी हिड्छ
सुनिदिन्छ सबका क्रन्दन सलाम बिहानीले ।

Saturday, November 7, 2009

गजल
घाम जस्तो जून खै कहाँ हुन्छ ?
पानी जस्तो खून खै कहाँ हुन्छ ?

वर्ग युद्दको बांसुरी फ़ुकिरहेछु म
यति मिठो धुन खै कहाँ हुन्छ ?

शरिर तोर्न मिल्ने सर्बहाराको
कपास हो या उन खै कहाँ हुन्छ ?

अधियाँ मै साहुको खेत बारी हाम्ले
जोत्नै पर्ने जरूर खै कहाँ हुन्छ ?

न्यायालय भित्रै न्यायाधीश लाई
फांशी दिने कानून खै कहाँ हुन्छ ?

मन्दिर, मूर्ति या तिम्रो त्यो मन
खोजी हेर श्रवण खै कहाँ हुन्छ ?

Friday, October 23, 2009

गजल

सागरमा ढुंगा नहान्नु पर्थ्यो

मलाई बुंगा नठान्नु पर्थ्यो ।

राष्ट्रको मुटु दुखेको बेला

फूलको थुंगा नमाग्नु पर्थ्यो ।

नेपाली बाजा अज्ञात भय

तिम्ले मुर्चुंगा नफाल्नु पर्थ्यो ।

सडक माझमा काला ती झन्डा

बिरोधमा तुल्का नटाग्नु पर्थ्यो ।

सरकार नै लुते भए को बेला

श्रवण ले जुम्रा नपाल्नु पर्थ्यो ।

Friday, October 9, 2009

गजल
तिमी रूप र रंगको धाक दिन्छेऊ
जवानी अनि अंगको धाक दिन्छेऊ ।

आज पनी तरकारी मा नून छैन यार
आखिर खै कुन ढंगको धाक दिन्छेऊ ।

त्यो उन्मुक्त आकाश मा उडुला झै
किन कुन्नी पंखको धाक दिन्छेऊ ।

बृन्दा हौ तर बिष्णु की भक्तिनी झै
सुदर्शन चक्र शंखको धाक दिन्छेऊ ।

श्रवण ले झै खुशी तिमीले कहाँ पाकी छौ र
खै के उल्लास र उमंग को धाक दिन्छेऊ ।

Monday, October 5, 2009

गजल

वाह! तिम्रो चहल, पहल यो शहरमा

म कमैया तिम्रो, महल यो शहरमा ।

गास, बास दिन्छौं भनी कहिलेसम्म पो

थापौला खै झुठको, पसल यो शहरमा ।

मेरो आस्थाको फूल, फुलाउनुछ मैले

शुभ, निर्मल एउटा, कमल यो शहरमा ।

दक्षिणपंथी हरु बिच कहाँ, बिक्थ्यो मेरो,

बिकेन बामपंथी गजल यो शहरमा ।

कलियूगमा खोजिहेर कहाँ पाईएला,

श्रवण जस्तो मान्छे, असल यो शहरमा ।